पत्रकार चन्दलाई पक्राउ गर्न रेडियो नागरिकद्धारा मध्यरात प्रहरी परिचालन

महेन्द्रनगर, २९ फागुन । पूर्व आफ्नै कर्मचारी हाल रेडियो पश्चिम नेपालमा कार्यरत पत्रकार दिया चन्दलाई पक्राउ गर्न बिहीवार मध्यरात महेन्द्रनगर स्थित रेडियो नागरिकले  प्रहरी परिचालन गरेको छ । पत्रकार चन्दले पारीश्रमिक मागेपछि रेडियो नागरिकले पक्राउका लागी मध्यराती प्रहरी परिचालन गरेको हो ।

पत्रकार दियालाई गिरप्तार गर्नको लागी जिल्ला प्रहरी कार्यालय कन्चनपुरको टोली राति ११ वजे महेन्द्रनगर नगरपालीका १८ खैर भट्टी स्थित उनको घरमा पुगेको थियो । अन्दाजी ४÷५ वटा मोटरसाईकलमा केही सिविल प्रहरी र प्रहरी इन्स्पेक्टर एलवि बमको नेतृत्वमा ठुलो संख्यामा आएको प्रहरी टोलीले चन्दलाई गिरिप्तार गर्नको लागि निकैवेर रस्साकस्सी नै गरेको थियो ।

रेडियो नागरिकमा विगत २०७० साल माघवाट कार्यरत पत्रकार दिया चन्दलाई रेडियो नागरिकले ९ महिना सम्मको पारिश्रमिक नदिए पछि उनी त्यहावाट निस्किन वाध्य भएकी थिईन् । दियाले आफुले ९ महिनाको पारिश्रमिक नपाएको भन्दै दिलाई दिन अनुरोध गर्दै नेपाल पत्रकार महासंघ कन्चनपुर शाखामा गत माघ २३ गते रेडियो नागरिक विरुद्ध उजुरी समेत गरेकी थिईन् ।

पारिश्रमिकको विषयमा लामो समय देखि विवाद हुदै गएपछि विहिवार दिउसो रेडियो नागरिकको व्यवस्थापनले उनलाई छलफलको लागी भन्दै कार्यालयमा वोलाएको थियो । रेडियो नागरिकको कार्यालयमा गएर फोन गर्दा रेडियो नागरिकका अध्यक्ष शंकर जोशी कार्यरत जिल्ला पशु सेवा कार्यालयमा वोलाएको पत्रकार दिया चन्द वताउछिन् ।

अध्यक्ष शंकर जोशीले वोलाएकै ठाउँमा म गए दिया चन्द भन्छिन “१० मिनेट जति छलफल भयो, मलाई धम्क्याउने हिसावले कुरा गरियो र भनियो तिमीले महासंघमा उजुरी दियौं, लेख लेखौं त्यसैले माफी माग्नु पर्छ अनि पारिश्रमिक पाउछेउ भनेपछि मैले मानिन र त्यहावाट प्रयास गरे उनीहरुले मलाई त्यहावाट निस्किन दिएनन् र बिवाद झन वढेपछि एकछिन बोलाबोल भएको थियो । ”

उनले भनिन् “म त्यहाँवाट घर आईपुगे उनीहरुले मलाई गिरिप्तार गरेको वाहीर थाहा नहोस भनेर मध्यरातिमा मेरो घरमा प्रहरी पठाएका हुन् ।” त्यस्तै पत्रकार चन्दले यस अघि रेडियो नागरिकको कार्यालयमा छलफलको लागि जादा तत्कालीन रेडियो नागरिका स्टेसन म्यानेजर प्रेमराज भट्टले रेडियो नागरिकका प्रबन्धक अशोक पाण्डेलाई एक्लै भेट्न समेत प्रस्ताव गरेको आरोप लगाएकी छन् ।

पत्रकार चन्दले भनिन प्रहरी आएर घर घेराउ गरेर मलाई अपहरणको शैलीमा लैजान खोजे मैले मध्यरातीमा जादै जान्न भनेपछि उनीहरुले मलाई विहान १० वजे जिल्ला प्रहरी कार्यालयमा हाजिर हुनु भन्दै जबर्जस्ती कागज गर्न लगाए । त्यस्तै पत्रकार चन्दलाई राती साँढै ११ वजे जिल्ला प्रहरी कार्यालयले फोन गरेर बिहान ८ बजेनै उपस्थित हुन दबाव दिएको वताईन् ।

Post a Comment

1 Comments

  1. Yo satile sarapeko deshma ramra kam garne manxe kahile samma vrast sarkar ko aakhako kasinggar banirahane....???

    ReplyDelete