पत्रकार दियाकाे समस्या समाधान

चैत -८
कञ्चनपुर/- कञ्चनपुरकी पत्रकार दिया चन्दको नागरिक एफएमसँग भएको पारिश्रमिक सम्बन्धी विवाद अन्त्य भएको छ । बिबाद समाधान भएपछि सरोकारवाला सम्बन्धित सबै पक्षले सामुहिक बक्तब्य निकालेका छन् । बक्तव्यमा  चन्दलाई नागरिक एफएममा कार्यरत अवधिभरको जम्मा पाउनुपर्ने पारिश्रमिक रकममध्ये पाउन बाँकी रकम नागरिक एफएमले एकमुष्ट दिने सहमति भएको जनाइएको छ । साथै पारिश्रमिक विवादको विषयलाई लिएर आफुले सामाजिक संजाल तथा अनलाईन पोर्टलहरुमा ब्यक्त गरेका विचारहरु कुनै ब्यक्ति विशेषको प्रतिष्ठामा आँच पु¥याउने नियतले नलेखेको पत्रकार चन्दले स्पष्ट पारेकी बक्तव्यमा बताइएको छ ।

पारिश्रमिक बिबाद बढ्दै गएपछि गत फागुन २८ गते जिल्ला पशु सेवा कार्यालय कन्चनपुरमा छलफल भइरहेको अवस्थामा नागरिक एफएमका प्रबन्ध निर्देशक श्याम भट्टमाथि पत्रकार दीया चन्दसहित गएको टोलीबाट कुटपिट गरिएको भन्दै उल्टै चन्दलाई सोही दिन मध्यराति ११ बजे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले उनको घर घेराऊ गरि गिरप्तार गर्न खोजेपछि उनी सोही दिन रातीबाट महेन्द्रनगर छोडी विस्थापित भएकी थिइन् ।

रेडियो नागरिकका प्रबन्ध निर्देशक श्याम भट्टमाथि कुटपिट भएको र पत्रकार दिया चन्द विस्थापित भएको भन्ने जानकारीका आधारमा नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिले महासंघ केन्द्रकी उपाध्यक्ष अनिता बिन्दुको नेतृत्वमा मिसन टोली गठन गरेको थियो । गठिन मिसन टोलीले विवाद समाधानका लागि सम्बन्धित पक्षहरुसित चैत ५ देखि ७ गते सम्म स्थलगत अध्ययन गरी सरोकारवाला पक्षसँग भेटी घटनाबारे जानकारी लियर सामुहिक छलफल गर्दै बिबाद समाधान गरेको हो ।

बिबाद सामाधानका क्रममा भएको निर्णयलाई मिसनले प्रतिवेदनमा उल्लेख गरि महासंघको केन्द्रीय कार्यसमितिमा बुझाउने तथा संचारमाध्यम मार्फत सार्वजनिक गर्ने निर्णय भएको छ । यस्तै नागरिक एफएम ब्यवस्थापनले पनि पत्रकार चन्दमाथी भएको जस्ता घटनाहरु अब नदोहो¥याउने प्रतिवद्धता जनाएको बताइएको छ ।

Post a Comment

0 Comments