कञ्चनपुर घटनाका सम्बन्धमा मिसन गठन

२०७१।१२।०१

नेपाल पत्रकार महासंघ सचिवालयको आज बसेको बैठकले कञ्चनपुरकी पत्रकार दिया चन्दले पारिश्रमिक मागेकै कारण विस्थापित हुनुपरेको भनी गरेको गुनासो र यही विषयलाई लिएर कञ्चनपुरस्थित रेडियो नागरिकका स्टेसन मेनेजर श्याम भट्टमाथि कुटपिट भएको भन्ने समेतको विषयमा घटनाको सम्पूर्ण पक्षको अध्ययन गरी सत्यतथ्य पत्ता लगाउने, पीडित पत्रकारको सुरक्षा र संरक्षणको प्रबन्ध मिलाउने एवं समस्या समाधानको आवश्यक पहल गर्ने जिम्मेवारीसहित महासंघका उपाध्यक्ष अनिता बिन्दूको संयोजकत्वमा  सचिव संगीता खड्का, केन्द्रीय सदस्य खगेन्द्र पन्त, पूर्वकेन्द्रीय उपाध्यक्ष चित्राङ्ग थापा र महासंघ कञ्चनपुर शाखा अध्यक्ष लक्ष्मण तिवारी सदस्य रहेको मिसन गठन गरेको छ । मिसनले आवश्यकताअनुसार सम्वद्ध पक्षसँग सम्पर्क, सम्वाद र स्थलगत भ्रमण समेत गरी यथाशक्य चाँडो कार्य सम्पन्न गरी रायसुझावसहित केन्द्रीय समितिमा प्रतिवेदन प्रस्तुत गर्नेछ । सो मिसनलाई आवश्यक सहयोग गरिदिन सम्वद्ध सबैमा महासंघ आग्रह गर्दछ ।

……………….
धर्मेन्द्र कर्ण
सचिव

Post a Comment

1 Comments